कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका लागि १४ उम्मेदवार (नामावलीसहित)

मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका लागि १४ उम्मेदवार (नामावलीसहित)

९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो । कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताए । बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।


यी हुन् उम्मेदवारहरु:

प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित

२. मिना पुलामी मगर (सुनसरी) महिला

३. राजेन्द्र घिमिरे (झापा) अन्य


प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला

२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक/अपांगता


प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य

२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला


प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य

२. विमला गौचन (म्याग्दी) महिला


प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य

२. गिरिजा न्यौपाने (दाङ) महिला

३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपांगता

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी) अन्य

२. तुलसी देवकोटा (कैलाली) महिला

प्रकाशित : पुस १९, २०७६ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?