कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'सिद्धबाबा' लाई छोड्ने आदेश त्रुटीपूर्ण भन्दै उच्च अदालतमा मुद्दा

सुनसरी — आनुयायी महिला बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’लाई सुनसरी जिल्ला अदालतले तीनलाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको विरुद्ध सरकारी वकिलको कार्यालयले विराटनगरस्थित उच्च अदालतमा मुद्दा दर्ता गरेको छ । 

'सिद्धबाबा' लाई छोड्ने आदेश त्रुटीपूर्ण भन्दै उच्च अदालतमा मुद्दा

बलात्कार गरेको सबुत प्रमाण हुँदाहुँदै पनि प्रतिवादी सिद्धबाबालाई थुनामा राखी कारबाही गर्नु औचित्यपूर्ण नरहेको भन्दै जिल्ला अदालतले गिरीलाई तीन लाख धरौटी लिएर तारेखमा छाड्नु त्रुटीपूर्ण हुँदा आदेश बदरको माग गर्दै उच्च अदालतमा मुद्दा दर्ता गरेको हो । गत सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले जबरजस्ती करणी मुद्धाका अभियुक्त गिरिलाई तीनलाख धरौटीमा छाड्न आदेश दिएका थिए ।


सरकारी वकिलको कार्यालय सुनसरीका न्यायधिवक्ता गोकुल निरौलाका अनुसार जिल्ला अदालतको आदेशमा कानुन, प्रमाण र तथ्यमा आधारित नभएकाले थुनछेक बहसपछिको आदेशप्रति चित्त नबुझी प्रतिवादी सिद्धबाबा भनिने गिरीलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्छ भन्ने माग राखेर मुद्दा दर्ता गरिएको हो ।


घट्नास्थलमा रहेका साधकले दिएको बयानलाई जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिनेगरी अदालतको आदेशमा उल्लेख गरेकाले थुनछेकको प्रयोजनार्थ तत्काल प्रमाणका उचित र पर्याप्त मूल्यांकन नगरी सतही रुपमा प्रतिवादीकै पक्षमा प्रमाणको रुपमा लिइएको देखिदा उक्त आदेश त्रुटिपूर्ण रहेको पनि जनाइएको छ ।


उच्च अदालतमा दर्ता गरिएको कान्तिपुरलाई प्राप्त निवेदनको प्रतिलिपि अनुसार बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधामको जगद्गुरु श्री रामानन्दाचार्य सेवा पिठ परिसर भवनको ५ वटा कोठा मध्ये उत्तर पश्चिमतर्फको कोठामा सिद्धबाबाले बलात्कार गरेको सोफाको समेत घट्नास्थल मुचुल्काको रुपमा स्थापित भएकोमा त्यस्तो प्रमाणलाई अदालतको आदेशले तत्काल प्राप्त प्रमाणको रुपमा नलिइ आदेश भएको स्पस्ट देखिएको उल्लेख छ ।


सरकारी वकिलले बिहीबार नै मुद्दा दर्ता गरेर दर्ता नम्बर लिएका थिए । तर बुधबार पनि ‘कल लिस्ट’ नआएपछि शुक्रबार उच्च अदालतबाट कैफियत प्रतिवेदन माग हुनसक्ने सरकारी वकिल गोकुल निरौलाले बताए । उनले भने, ‘शुक्रबार कैफियत प्रतिवेदन माग हुन सक्छ । त्यसमा धरौटीमा छोडने आदेश हुनुको कारण माग हुन्छ ।’


यो पनि पढ्नुहोस्ः

विवादै विवादमा ‘सिद्धबाबा’

‘सिद्धबाबा’ पक्राउ

‘सिद्धबाबा’ विरुद्ध बलात्कार मुद्दा दर्ता

प्रकाशित : पुस १७, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?