३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्णाली जिप दुर्घटना : ४ मृतकको सनाखत, घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर लगियाे (अपडेट)

बाजुरा — हिमाली गाउँपालिका–७, बाधुको कालडाँडा भिरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालापडा भिरमा जिप दुर्घटना भएको हो ।

कर्णाली जिप दुर्घटना : ४ मृतकको सनाखत, घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर लगियाे (अपडेट)

मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रि बस्ने गाडी साहु तथा चालक २७ वर्षीय रमेश शाही, हिमाली गाउँपालिका–६ धुलाचौर बस्ने ३५ वर्षीय पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका–५ बस्ने ३३ वर्षीय दिनेश कुमार घर्ती मगर र मुगुको कर्मारोड गाँउपालिका–८ बस्ने ३८ वर्षीया प्रेमा लामा रहेकाे प्रहरी प्रमुख उद्धव सिंह भाटले बताएका छन् ।

स्वामीकार्तिक गाँउपालिका–४ वाइ बस्ने १३ बर्षकि सुशिला विक भने बेपत्ता रहेकी छन् । उनको शव खोजिरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मुगुको कर्मारोड गाँउपालिका–८ बस्ने २० वर्षीय गोम्चो लामा, सोही ठाँउका २१ वर्षीय तोर्च लामा, बुढिन्नदा–६ बस्ने २२ वर्षीया सरु विक र उनकी २ वर्षीया छोरी रहेकी छन् । तोर्च र सरुको अवस्था निकै गम्भिर रहेको प्रहरीले जनाएको छ ।


घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।


से १ ज १०६४ नम्बरको जिप दुर्घटना भएर कर्णाली नदीमा खसेको थियो । जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै गरेको थियो । प्रहरीका अनुसार करिब ९ यात्रु सवार रहेको खुल्नमा आएकाे बताएको छ । जिप सडकबाट ५ सय मिटर भिरबाट नदिमा खसेकोे हाे ।

प्रकाशित : पुस १७, २०७६ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?