धादिङको थाँक्रेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु
धादिङ — पृथ्वीराजमार्गको थाँक्रे–१, सिम्लेबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९८७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४१ प ४३०६ नम्बरको मोटरसाइकललाई बिहीबार बिहानपख ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार थाँक्रे–१०, गैरीखर्कका ३४ वर्षीय सुमन तामाङ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक भने फरार छन् । फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।
प्रतिक्रिया