कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

ओलीले फाेनमा दिए माेदीलाई नयाँ वर्षकाे शुभकामना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी नयाँ वर्ष २०२० को शुभकामना दिएका छन् ।

ओलीले फाेनमा दिए माेदीलाई नयाँ वर्षकाे शुभकामना

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफूले भारतीय समकक्षी मोदीसँग बुधबार फोनवार्ता गरेको बताएका हुन् ।कुराकानीमा सन् २०१९ दुई देशबीचको सम्बन्धलाई नयाँ आयाममा पुर्‌याउन सफल भएको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‌याउन सन् २०२० सफल रहने विश्वास व्यक्त गरेको ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेको पनि बताएका छन् ।

प्रकाशित : पुस १६, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारका मुद्दामा थाहा पाएको ५ वर्षमा मुद्दा  चलाइसक्नुपर्ने 'हदम्याद' को प्रावधान विधेयकबाट हटाउने निर्णयबारे के भन्नुहुन्छ ?

×