गुलरिया (बर्दिया) — पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक पल्टिँदा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।
तीव्र गतिका कारण ट्रक पल्टिएको प्रहरीको अनुमान छ ।