कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मन्त्रीकै अगाडि युनियन नेताले भने- ‘भत्ता काट्नेको हात काटिने छ’

सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले खाइपाइ आएको भत्ता काट्नेको हात काटिदिने धम्की दिएका छन् ।

मन्त्रीकै अगाडि युनियन नेताले भने- ‘भत्ता काट्नेको हात काटिने छ’

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई उपस्थित कार्यक्रममा उनले भने, ‘२० वर्षदेखि मासिक तलबमा खाइपाइ आएको आवास तथा स्टेसनबापतको भत्ता काट्ने मन्त्रालयका जोकोहीको हात काटिने छ ।’

प्राधिकरणले मंगलबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरको २१ औं वार्षिकोत्सवमा यस्तो बताएका हुन् । कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारी, प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका अधिकारीहरु उपस्थित थिए । समारोहमा शुभकामना मन्तव्यकै क्रममा उनले यस्तो आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

‘हाम्रो आवास तथा स्टेसन भत्ता काट्ने हिम्मत छ कसैको ? म ओपन च्यालेन्ज दिन्छु । ल काटेर देखाओस् । त्यो मान्छेको हात काटिन्छ,’ सरकार निकट दल आबद्ध कर्मचारी संगठनका नेतासमेत रहेका यादवले समारोहमै भने, ‘मन्त्रीजी (योगेश भट्टराई)लाई लाग्यो होला आवेशमा आयो तर यहाँ आवेशमा आउने अवस्था छ ।’

अध्यक्ष यादवले पर्यटन मन्त्री नै प्राधिकरणको संचालक समिति अध्यक्ष भएको बैठकले अनुमोदन गरेको विषय मन्त्रालयमा पुगेपछि रोकिएको कान्तिपुरसँग बताए ।

२१ वर्षअघि तत्कालीन हवाई विभागलाई स्वायत्त प्राधिकरणमा रुपान्तरण गरिँदा त्यसतर्फ जाने कर्मचारीलाई आधारभूत तलबभत्तामा यातायात, खाजा र आर्कषणका रुपमा आवास (घरभाडा) तथा स्टेसन भत्ता पनि दिइएको थियो ।

प्राधिकरणको अर्थ विभागका एक अधिकारीका अनुसार, यो भत्ता सुरुमा तलब हाराहारी नै थियो । हाल मासिक तलबभत्ताको अनुपातमा यो ६२ प्रतिशत हाराहारी छ । साउनयता प्राधिकरणको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो भत्ताबारे संसोधनका लागि पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी नियमावलीको अनुसुची संशोधन भएको छैन । पर्यटन मन्त्रालयले यसबारे अर्थलाई अस्पष्ट पत्र लेखेरे आवास तथा स्टेसन भत्ता नै काटौती गर्न लागेको आरोप यादवले लगाए ।

२०७३ सालमा समग्र कर्मचारीको तलब वृद्धि हुँदा अर्थ मन्त्रालयले लेखिपठाइसकेको विषयमा पुनः विवाद सृजना गर्नुलाई प्राधिकरणका कर्मचारीहरुले मन्त्रालयको नियतमा खोट रहेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित : पुस १५, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?