कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजामती विधेयकका विवादबारे अध्ययन गर्न मन्त्री त्रिपाठीले मागे समय 

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेका संघीय निजामती सेवाको गठन, संचालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विवादित विषय अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले समय माग गरेका छन् । 

निजामती विधेयकका विवादबारे अध्ययन गर्न मन्त्री त्रिपाठीले मागे समय 

महिनौंदेखि छलफलमा रहेको विधेयकको पदपूर्तीसम्बन्धी व्यवस्थामा समितिमा विवाद छ । उक्त व्यवस्थाको आरक्षणको कोटा विभाजनमा विवाद रहेको छ । विपन्न खस आर्यलाई पनि संविधानको व्यवस्थाअनुसार आरक्षणमा समेट्ने कि नसमेट्ने भन्नेमा समितिमा विवाद रहेको छ ।

संविधानमा विपन्न, खस, आर्यलाई पनि आरक्षण दिइने व्यवस्था रहेको छ । त्यस्तै, आरक्षण प्रतिशत कति हुने भन्नेमा विवाद रहेको छ । यी दुवै विषयमा आवश्यक गृहकार्य गर्नका लागि मन्त्री त्रिपाठीले समय माग गरेका हुन् ।

‘यो विधेयकका केही विषयमा जुन छलफल भइरहेको छ । त्यसमा मन्त्रालयको धारणा स्पष्ट पार्न मलाई ४ दिन समय चाहिन्छ । ढिलो भयो भन्ने आलोचना खेप्नुपर्ला तर हतार हतारमा गल्ती गर्नु हुन्न,’ उनले भने ।

मन्त्री त्रिपाठीले समानुपातिक समावेशीका लागि सरकार संविधानअनुसार कानुनी व्यवस्थाका लागि तयार रहेको बताए ।

‘विधेयकमा सहमति भएका विषय म चालउँदिन । सहमतिका विषयमा म बाधक बन्दिन । सरकारका अन्य अंगहरुसाग पनि यस विषयमा छलफल गर्नुपर्ने भएकाले समय चाहिन्छ,’ मन्त्री त्रिपाठीले भने ।

मन्त्री त्रिपाठीले समय माग गरेपछि सांसदहरुले भने विधेयक पास नहुँदा प्रदेशमा कानुन बन्न बाधा भएको भन्दै छिटो टुंगो लगाउनुपर्ने बताएका थिए । सभापति श्रेष्ठले शुक्रबारसम्म विधेयकका विवादित विषयमा सहमति जुटाएर आउन समय दिएकी छन् ।


प्रकाशित : पुस १४, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?