कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जाडोका कारण जनकपुरका विद्यालयहरु पाँच दिन बन्द हुने

श्यामसुन्दर शशि

जनकपुर — अत्याधिक जाडो बढेपछि जनकपुर उपमहानगरपालिकाले  पाँच दिनका लागि सामुदायिक तथा संस्थागत  विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिकाको आइतबार बसेको बैठकले शुक्रबारसम्म उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव मेहीलाल यादवले अत्याधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । पालिकाको शैक्षिक क्यालेण्डरमा पुस २७ देखि माघ ३ गतेसम्म जाडो विदा दिने उल्लेख छ । तर जाडाे अत्याधीक बढेकाले अहिल्यै विद्यालय बन्द गर्ने निर्णय उपमहानगरे गरेकाे हाे ।


जाडो हुस्सु तथा पश्चिमा हावाका कारण धनुषाको जनजीवन अस्तव्य बनेको छ । भने जाडोजन्य रोगीहरुको संख्या ह्वात्तै बढेको छ ।


जाडोबाट हुने क्षति न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले शीतलहर पूर्व तयारी तथा प्रतिकार योजना– २०७६ लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सो योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहलाई कम्तीमा एक न्यानो लुगा बाड्ने, धूनी लगाउने तथा स्वास्थ्य संस्थाहरुलाई सतर्क रहन निर्देशन दिइएको जानकारी दिए ।


प्रादेशिक अस्पताल जनकपुरका स्त्री रोग विशेषज्ञ डा.रामनरेश पण्डितले जाडो बढेसँगै प्रादेशिक अस्पतालसंगै निजी अस्पताल तथा क्लिनिकहरुमा रुघाखोकी, दम, कोल्ड डायरिया तथा वाथ रोगका विरामीहरुको संख्या ह्वातै बढेको जानकारी दिए ।

‘अचेल सरकारी तथा निजी अस्पतालसँगै क्लिनिकहरुमा जाडोजन्य रोगीको संख्या अत्याधिक बढेको छ । बालबालिकाहरुमा कोल्ड डायरिया, निमोनिया तथा बृद्धबृद्धाहरुमा वाथ तथा निमोनियाको प्रकोप देखिएको छ,’ डा. पण्डितले भने ।

प्रकाशित : पुस १३, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?