१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लेबलबिनै बेचिन्छ खाद्यको चामल र सिमी [भिडियाे सहित]

संसदीय समितिको अनुगमन देखावटी मात्रै 
मकर श्रेष्ठ

काठमाडौँ — संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले थापाथलीको खाद्यको गोदाममा लेबल बिनाकै सामाग्री बिक्री गर्दा पनि जरिवाना नगरी फर्केका छन् । 

लेबलबिनै बेचिन्छ खाद्यको चामल र सिमी [भिडियाे सहित]

खाद्यका पदधिकारीको लापरबाहीले ४८ हजार किलो बासमती चामल गोदाममै कुहिएको समाचार कान्तिपुरमा आएपछि उपसमितिका संयोजक नरबहादुर धामी सहितको टोली अनुगमन गर्न आइतबार मध्यान्ह आएका थिए । टोलीले कुहिएको गोदामको चामल र बिक्रिका लागि राखिएको सिमी र चामलको गोदाम पनि अनुगमन गरेका थिए ।


अनुगमनका क्रममा प्याकिङ नगरेको समानमा लेबल नराखेको, ३० केजी भनेर प्रिन्ट गरिएर प्याक गरेको बोराको अक्षर मेटेर मार्करले २५ लेखिएको थियो । ‘यस्तो गल्ती हुँदा पनि संसदीय समिति सहितको टोलीले जरिवाना बिनै छाड्यो,’ उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले भने, ‘अनुगमन त देखावटी मात्रै भयो ।’ समितिले बजार अनुगमन गर्न नरबहादुर धामी संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिको यो अनुगमन गर्दै संयोजक धामीले ऐनको प्रति उपलब्ध गराउँदै भने, ‘सर्वसाधरणलाई भए जरिवाना हुन्थ्यो ।’


उपभोक्ता संरक्षण ऐनमा उत्पादकले आफूले उत्पादन गरेको बस्तुमा लेबल लगाउनु पर्ने व्यवस्था छ । लेबलमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर, परिणाम, उपभोग गरिसक्नु पर्ने मिति, मुल्य, ब्याच नम्बर, उत्पादन मिति लगायत उल्लेख गर्नु पर्ने हुन्छ ।

अन्य कम्पनीले लेबल बिना सामान बिक्री गरेमा तीन महिनदेखि ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उपभोक्ता संरक्षण ऐनमा व्यवस्था छ । खाद्यको चामलमा उपत्पादन मिति ०७३, ०७४ लेखिएको छ तर, प्रयोग गर्न नहुने अन्तिम मिति भने उल्लेख नगरी बिक्री गर्ने गरेको छ । ‘अनुगमनमा लेबल बिनाकै सामान बिक्री गरिरहदा कारबाही भएन । सचेत मात्रै गरायो,’ तिमल्सिनाले भने ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत सागर मिश्रको अनुगमन टोलीसमेत संसदीय समितिबाट प्रभावित भएर जरिवाना नगरी फर्केको हो ।


१५ दिनपछि नख्खुको गोदाममा आउने अग्रिम जानकारी

संसदीय समितिका सदस्य लालप्रसादसाँवा लिम्बुले १५ दिन भित्र नख्खुको गोदाम अनुगमनमा आउने अग्रिम जानकारी दिए । ‘अबको अनुगमन नख्खुमा हुन्छ । सुधार होस् । यस्तो भद्रगोल देख्न नपरोस् । बिग्रिएको के हेर्न आउनु ,’ उनले खाद्यका कर्मचारीलाई भने ।

प्रकाशित : पुस १३, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?