कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मेलम्चीकाे मुहानमा धमाधम काम [भिडियाे]

विमल खतिवडा

काठमाडौँ — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा अहिले निर्माणको काम धमाधम भइरहेको छ । इटालियन कम्पनी सीएमसीले ठेक्का तोडेसँगै अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम र हेडवर्क्स निर्माणको काम भइरहेको छ ।

मेलम्चीकाे मुहानमा धमाधम काम [भिडियाे]


अहिलेसम्म आयोजनाको काम ९५ प्रतिशत काम सकिएको छ । निर्माण व्यवसायीलाई बोनसको व्यवस्था भएको हुनाले तोकिएको अवधिभन्दा अघि नै काम सकिने आयोजनाको दाबी छ । असार मसान्तभित्र डाईभर्सनबाट भएपनि काठमाडौंको सुन्दरी जलमा पानी झार्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ । टनेलको काम ९० प्रतिशत र हेडवर्क्स काम ६० प्रतिशत सकिसकेको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए । मेलम्चीको पानी आए काठमाडौं उपत्यकाका ३५ लाख जनसंख्या लाभान्वित हुनेछन् ।





प्रकाशित : पुस ११, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?