कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अभियोग प्रमाणित भए 'सिद्धबाबा'लाई ७ देखि १० वर्ष सजाय

सुनसरी — महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको शुक्रबार अदालती बयान लिइएको छ । 

अभियोग प्रमाणित भए 'सिद्धबाबा'लाई ७ देखि १० वर्ष सजाय

४५ वर्षीय गिरीको बयान लिँदालिँदै कार्यालय समय सकिएकाले थुनछेक बहस आइतबारलाई तोकिएको छ । प्रहरीको अनुसन्धानमा बयान दिन आनाकानी गरेका उनलाई बयानका लागि सुनसरी जिल्ला अदालतमा ल्याउँदा महिला अधिकारकर्मीहरुले बलात्कारीलाई कडा दण्डसजायको माग गर्दै नारा जुलुस प्रदर्शन गरेका थिए । गिरीको बयान सकिएकाले थुनछेकका लागि आइतबार उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाइएको थियो ।


प्रहरीले बयान सकिएलगतै गिरीलाई फेरि विराटनगरस्थित विराट नर्सिङहोममा फर्काइएको थियो ।

गिरीले पिडित महिलासँग टेलीफोनमा बोल्दै आइन्दा यस्तो कार्य नगर्ने र आफूलाई माफ दिन तथा मुद्दा फिर्ता लिन गरेको आग्रहको अडियो म्याचिङ गिरीकै आवाजसँग भएको प्रमाणित भइसकेको छ । सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष बुझाइएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको व्यहोरा सहित सजाय माग दाबी गरिएको छ ।


अभियोग पत्रमा कृष्णबहादुर गिरीले अनुयायी महिलालाई जबरजस्ती करणी गरेको तथ्य सहित पुष्टि गराइएको छ । अदालतले आइतबारको थुनछेक बहसपछि गिरीको हकमा सादा तारिख, धरौटी वा पूर्पक्ष मध्ये कुनै एक आदेश दिन सक्छ । अभियोग प्रमाणित भएमा गिरीलाई ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्नेछ ।


यी पनि पढ्नुहाेस् :

‘सिद्धबाबा’ थप ३ दिन प्रहरी निगरानीमा

‘सिद्धबाबा’ अझै ७ दिन प्रहरी निगरानीमा, अस्पताल बन्यो ‘भिआइपी हिरासत’

विवादै विवादमा ‘सिद्धबाबा’
‘सिद्धबाबा’ विरुद्ध बलात्कार मुद्दा दर्ता

प्रकाशित : पुस ११, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?