कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा

पौडेल पक्षले निर्णयका सन्दर्भमा शनिबारमात्रै प्रतिक्रिया दिने
मधुसुधन भट्टराई

काठमाडौँ — नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले जानकारी दिइन् । 

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा

‘पार्टीको १४ औं महाधिवेशन २०७७ फागनु ७ देखि १० गतेसम्म गर्ने केन्द्रीय कार्यसमितिको बहुमतले निर्णय गरेको छ,’ उपाध्यायले इकान्तिपुरसित भनिन, ‘बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने निर्णयसमेत गरेको छ ।’

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारबीच बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

१३ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी फागुनमा सकिँदैछ । पार्टी विधानमा केन्द्रीय कार्यसमितिको बहुमतले कार्यसमितिको म्याद एक वर्ष थप्न सक्ने उल्लेख छ ।

उपाध्यायका अनुसार बैठकले पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने निर्णय गरेको छ । उपाध्यायले विभागको संख्या अझै थपिने बताइन् ।

तरुण दलको म्याद ६ महिना थप्ने निर्णय पनि बैठकले गरेको छ ।

नेता पाैडेल पक्षले महाधिवेशनकाे कार्यतािलका ल्याउन माग गर्दै मंसिर २६ गतेबाट सुरु भएकाे बैठक बहिष्कार गर्दै आएकाे थियाे ।महाधिवेशनकाे मिति ताेक्ने एजेण्डा भएपनि पाैडेल पक्ष शुक्रबारकाे बैठकमा सहभागी भएन ।

पाैडेल पक्षले भने संस्थापनले बहुमतबाट गरेकाे निर्णयबारे शनिबार समूहकाे बैठक बसेर धारणा सार्वजनिक गर्ने बताएकाे छ । पाैडेल पक्षीय केन्द्रीय सदस्य हृदयराम थानीले बैठककाे निर्णयका सम्बन्धमा शनिबार बैठक बसेर कसरी अगाडि बढ्ने भनेर निष्कर्ष सार्वजनिक गर्ने बताए । उनले भने, ‘भोलि बैठक बसेर मात्रै संस्थापनले बहुमतले गरेको निर्णयका सन्दर्भमा हाम्रो धारणा सार्वजनिक गर्छाैं ।’

प्रकाशित : पुस ११, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?