पक्राउ परेका ८४ चिनियाँको राहदानी भेटिएन

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीले सोमबार गरेको बृहत सर्च अप्रेशनमा मनमैंजुबाट पक्राउ परेका मध्ये ८४ जना चिनियाँको राहदानी फेला नपरेको बताएको छ । प्रहरी स्रोतका अनुसार मजमैंजु क्षेत्रमा रहेका घरहरुबाट नियन्त्रणमा लिइएका चिनियाँहरुको राहदानी फेला परेको छैन ।

पक्राउ परेका ८४ चिनियाँको राहदानी भेटिएन

सोमबार साँझ प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरी प्रहरी परिसर काठमाडौंले संयुक्त रुपमा गरेको अप्रेशनमा काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए ।

चिनियाँ विदेश मन्त्रालयलले मंगलबार नियमित प्रेस सम्मेलन मार्फत चिनियाँ प्रहरी तथा नेपाल प्रहरीले मिलेर उक्त अप्रेशन गरेको र पक्राउ परेका सबै चिनियाँ नागरिकहरु विभिन्न गैरकानुनि क्रियाकलापमा संलग्न रहेको बताएको थियो ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार २ बजे यसैबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित : पुस ९, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?