१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

त्रिविमा रेक्टर र रजिस्ट्रार पद रिक्त

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रार पद रिक्त भएका छन् । रेक्टर प्रा.डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि पद रिक्त भएको हो । 

त्रिविमा रेक्टर र रजिस्ट्रार पद रिक्त

स्व. सुशील कोइराला नेतृत्व सरकारले कांग्रेसको तर्फबाट उपकुलपति तीर्थराज खनियाँ नियुक्त गरेका थिए । उनको गत भदौमा पदावधि सकिएको थियो । त्यसैगरी तत्कालीन एमाओवादी कोटामा नियुक्त रेक्टर त्रिपाठी र एमालेबाट रजिस्ट्रार उप्रेतीको आज पुस ७ गतेबाट सकिएको हो ।


त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा प्रा.डा. धर्मकान्त बास्कोटालाई नियुक्त गरिसकेका छन् । स्रोतका अनुसार रजिस्ट्रारमा त्रिविअन्तर्गत सञ्चालित उच्चशिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीलाई नियुक्त गर्ने वा बाहिरिदै गरेको रजिस्ट्रार उप्रेतीलाई दोहोर्‍याउने भन्ने रहेको छ । रेक्टरमा नेपाली कांग्रेसनिकट प्राध्यापक दिने या मधेसी कोटामा पार्ने भन्ने द्विविधा रहेको जनाइएको छ ।


प्रकाशित : पुस ७, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?