निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

जयसिंह महरा

काठमाडौँ — निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

ZenTravel

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार पूर्वसचिव द्वारिकानाथ ढुंगेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्ण रवरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख नकाट्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालेपनि अर्काेरिट दायर गरेकाले अब दुवै मुद्दा एउटै इजलासमा सुनुवाइ गर्ने निर्णय पनि प्रधानन्यायाधीश नेतृत्वको इजलाशको गरेको

इजलासले विपक्षीहरूलाई लिखित जवाफ दिन आदेश दिएको लिखित जवाफ पेश भएको एक महिनापछि निरन्तर सुनुवाइ हुने आदेश दिँदै इजलासले विमानस्थलको रुख कटानसम्बन्धी परेका दुवै मुद्दालाई हेर्दाहेर्दैमा राखेको

यसअघि नै सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलका रुख कटान नगर्न आदेश दिएको थियो गत मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको इजलाशले त्यस्तो आदेश दिएको थियो

यो मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश कै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ

प्रकाशित : पुस ६, २०७६ १९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मन्दिरको जग्गा भन्दै सिरहाको दलित बस्तीमा डोजर

भरत जर्घामगर

सिरहा — तराईमा चिसोकाे कहर सुरु भएसँगै दलित बस्तीका घरहरु भत्काइएको छ । सिरहा नगरपालिका ६ स्थित सुकुम्बासी दलित महरा बस्तीमा जग्गा खाली गर्ने भन्दै जमिन्दारले डोजर लगाएर शनिबार ६ परिवारको घर भत्काइदिएका हुन् ।

दामोदर प्रधानांगले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै शनिबार रामवृक्ष, रिझो, कारी, फूल्चो, समतौलिया महराको घर भत्काईदिएका हुन् ।

घर भत्काइएपछि जाडोमा बालबालिकाको बिचल्ली भएको रिझो महराले गुनासो गरिन् । ‘हामीलाई घर भत्काउन समय दिनुस् भन्दा समेत मानेनन्,’ उनले भनिन्, ‘पुलिससहित आएर जबर्जस्ती डोजर लगाएर घर भत्काइदिए, हामी कहाँ जाउँ हजुर ?’ थातथलो उजाडिएपछि रिझोले ७ वर्षीय छोरा रवि, अरविन्द, अस्मिता, काखे छोरा परविनलाई च्यापेर खुल्ला आकाशमुनि रात काटेको सुनाइन्।


‘जाडोले कठ्यांग्रिएर रातभर सुत्न सकेको छैन’ उनले दुःखेसो गरिन् ‘आगो तापेर रात काट्यौं।’ दिनभर मजदुरी गरेर गुजारा चलाउँदै आएका बस्तीका उनीहरुलाई वैकल्पिक व्यवस्था नभई घर उजाडिदाछाक टार्न समेत समस्या भएको छ।

बाबु बाजेको पालादेखि बस्दै आएको जग्गाबाट उठिबास भएपछि कहाँ गएर बस्ने भन्ने पिरलो भएको कारी महराले दुखेसो पोखिन्। ‘पति रामवृक्ष भारतको पञ्जाबमा मजदुरी गर्छन, यता थातथलो उजाडियो, हामी कहाँ जाऔं अब’ ४ महिने काखे छोरी रोचितालाई च्यापेकी कारीले भनिन् ‘यो जाडोमा दैवले पनि हामी गरिबलाई नै दु:ख दियो।’
पति रामवृक्ष पञ्जाबमा मजदुरी गर्न गएपछि भूमिहीन सुकुम्बासी कारीले गाउँघरमा मजदुरी गरी चार छोरी विनिता, पुनिता,रमिता र काखे रोचिताको लालन पालन गर्दै आएकी थिइन। ‘एकातिर बास उजाडियो, जाडोमा बालबच्चा कसरी जीउँदो राख्नु पिरलो थपियो,’ उनले दु:खेसो पोखिन, ‘अर्कातिर छाक टार्न समेत समस्या भयो।’ घर उजाडिएपछि बिचल्लीमा परेका परिवारले जनप्रतिनिधिलाई गुहारेपनि कुनै सुनुवाई नभएको गुनासो गरे।

अतिक्रमित जग्गा खाली गर्न पटक पटक सूचना दिएपनि अटेर गरेपछि अदालतको फैसला अनुसार घर भत्काएको जग्गाधनी दामोदर प्रधानांगले बताए।

प्रकाशित : पुस ६, २०७६ १९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×