राष्ट्रियसभा निर्वाचन : ११ दलले दिए दर्ताका लागि आयाेगमा निवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ताका लागि भन्दै ११ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रियसभाका १८ सदस्य निर्वाचित गर्न ९ माघमा निर्वाचन हुँदैछ ।

ZenTravel

आयोगले दल दर्ताका लागि दिएको मंसिर २७ देखि पुस ६ गतेसम्मको समयमा तोकेको प्रक्रिया पुर्‍याएर ११ दलले निवेदन दिएका प्रवक्ता गिरिजा शर्माले जानकारी दिइन ।

आयोगका अनुसार दर्ताका लागि निवेदन दिनेमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राजपा, राप्रपा, राप्रपा (संयुक्त) छन् । त्यस्तै नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टीले पनि दर्ताका लागि निवेदन दिएका छन् ।

आयोगले संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका दलहरुलाई संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताको लागि समय तोकेको थियो ।

प्रकाशित : पुस ६, २०७६ १७:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वडा कार्यालयमा चोरी

एलिसा श्रेष्ठ

भोजपुर — शनिबार राति भोजपुर नगरपालिका–४ को चोरी भएको छ । अज्ञात समूहले कार्यालयमा लगाएको ताल्चा फुटाएर चोरी गरेको हो ।

वडा कार्यालयमा जडान गरिएका ३ वटा सिसी क्यामेरा र एउटा मनिटर चारी भएका छन् । वडा कार्यालयका कागजपत्र भने नहराएको र चोरी गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त चोरीबाट एक लाख बराबरको क्षति भएको बताइएको छ ।

प्रकाशित : पुस ६, २०७६ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×