३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनसरीमा प्रहरीले भेटायो एउटा एसएमजी र त्यसमा लाग्ने ९९८२ थान गोली 

सुनसरी — सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–५ एकताटोलस्थित खेम प्रधानको कुखुरा फार्मबाट (सबमेसिन गन), त्यसमा प्रयोग हुने गोली र एक बोरा विस्फोटक पदार्थ फेला पारेको छ । फार्मको जग मुनि लुकाएर राखेको अवस्थामा आइतबार एसएमजी र त्यसमा प्रयोग हुने गोली ९ हजार ९ सय ८२ थान फेला परेको सुनसरीका प्रहरी उपरिक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । 

सुनसरीमा प्रहरीले भेटायो एउटा एसएमजी र त्यसमा लाग्ने ९९८२ थान गोली 

गोप्य सूचनाको आधारमा प्रधानको कुखुरा फार्म खानतलासी गर्दा एसएमजी, गोली र विस्फोटक पदार्थ फेला परेको उनले बताए । हतियार र गोली पहिला नै गाडेर राखिएको जस्तो देखिएका एसपी पोखरेलले बताए ।

उनले भने, ‘ती हतियार र गोलीहरु पहिले नै गाडेर राखिएको जस्तो देखिएको छ । हामी थप अनुसन्धान गर्दै छौं ।’

अहिले अत्याधुनिक हतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको स्थल आसपास सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।


धरान उपमहानगरपालिकासँग सिमाना जोडिएको बराहक्षेत्र–५ साविक भरौल गाविसमा पर्छ ।

कुखुरा फार्म संचालक प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको गाउँलेहरुले बताएका छन् । प्रहरीले ती हतियार कसले र कहिले लुकाएको भन्ने प्रष्ट भनेको छैन् ।


प्रकाशित : पुस ६, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?