२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरियाको सीप परीक्षणको नतिजा पारदर्शी भएन : परीक्षार्थी

काठमाडौँ — कोरियाको लागि तयारी गरेका नेपाली परीक्षार्थीहरुले कोरियाले प्रकाशन गरेको सीप परीक्षणको नतिजा पारदर्शी नभएको भन्दै वैदेशिक रोजगार विभागलाई आइतबार ध्यानाकर्षण गरेका छन् ।

कोरियाको सीप परीक्षणको नतिजा पारदर्शी भएन : परीक्षार्थी

कोरियाले सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली उत्तीर्ण गरेको थियो ।


‘एकैदिन सहभागी भएका एकजनाको पनि नाम परेन । यो कुन विधिद्वारा लिइएको हो,’ विभाग पुगेका उनीहरुले भने, ‘यो त्रुटिपुर्ण छ । यसलाई सच्चाइनुपर्छ ।’ उनीहरुले एकैदिन ३ सय ६५ जना अन्तर्वार्तामा सहभागी जनाएको छ ।


रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएपछि सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जना भाषा उत्तीण भएका थिए । भाषा परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीको भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ ।

कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन । कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरेको हो । कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ ।

कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । भाषा परीक्षा पास भएकाहरूले स्किल टेस्ट दिनुपर्छ । स्किल टेष्टमा व्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ ।

उनीहरुले सरकारले यसबारे कोरियाको ध्यानकर्षण जनाई रद्द गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित : पुस ६, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?