कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चार महिनामा अख्तियारले दायर गर्‍यो २ सय ६ मुद्दा 

९६ स्टिङ अपरेसन 

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ६ वटा मुद्दा दर्ता गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष दर्ता भएको मुद्दा संख्या बढी हो ।

विगतका वर्षको तुलनामा यो वर्ष मुद्दा अनुसन्धान र स्टिङ अपरेसनलाई व्यापक र प्रभावकारी बनाइने आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले बताए । नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्था(आइक्यान)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘प्रोफेन्सन इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एण्ड फ्रड’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रमुख आयुक्त घिमिरेले यस्तो बताएका हुन् ।

‘यो वर्ष १ सय २३ दिनमा २ सय ६ मुद्दा दर्ता भएका छन्,’ उनले भने,‘सो अवधिमा ९६ वटा स्टिङ अपरेसन गरिएको छ । यो वर्षलाई सबैभन्दा धेरै मुद्दा दर्ताको वर्ष बनाउने लक्ष्य छ ।’ यस्तै, करिब १६ सय वटा उजुरीको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको पनि घिमिरेले बताए ।

अर्थतन्त्रका सबै क्षेत्रमा अराजकता बढेको उनले बताए । यद्यपि भ्रष्टचार र कर छलिमा संलग्न कसैलाई पनि नछाड्ने उनको भनाइ थियो । मुलुक संघीयता कार्यान्वयनको संक्रमणकालमा रहेको बताउँदै उनले भने,‘सबैभन्दा बढी भष्ट्रचार स्थानीय तहमा देखिएको छ,’ उनले थपे, ‘संक्रमणको नाममा कसैले नि छुट पाउँदैन ।’


कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले लेखा परीक्षकहरुलाई निष्ठावान र जिम्मेवार बन्न निर्देशन दिए । ‘लेखा परीक्षकहरुले सबै ठिक छ भनेर प्रमाणित गर्ने, पछि खोज्दै जाँदा त्यही समस्या देखिने ?’ उनले भने, ‘यस्ता समस्या वित्तीय क्षेत्रमा बढ्दो छ ।’

प्रकाशित : पुस ६, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?