३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दाहाल पत्नी सीता उपचारका लागि रामदेव आश्रममा

काठमाडौँ — लोमोसमयदेखि अस्वस्थ रहेकी सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई उपचारका लागि भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा लगिएको छ । सीतालाई यसअघि उपचारका लागि अमेरिका लगिएको थियो । 

दाहाल पत्नी सीता उपचारका लागि रामदेव आश्रममा

सीताको उपचारका लागि रामदेव आश्रम पतञ्जली योगपिठ लगिएको जानकरी छोरी गंगा दाहालले सामाजिक सञ्जालबाट गराएकी छिन् । सीताको उपचारका लागि पूर्वमन्त्री मातृका यादव र उनकी पत्नी पनि सँगै गएका छन् । बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्बिर पनि उनले सामाजिक सञ्जालमा राखेकी छन् ।


सीता लामोसमय देखि प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पिडित छिन् ।





प्रकाशित : पुस ४, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?