कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वडाध्यक्ष २ लाख घूस लिएको आरोपमा पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ । 

वडाध्यक्ष २ लाख घूस लिएको आरोपमा पक्राउ

आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरलाई बिहीबार उनकै वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको कोइरालाले बताए ।

वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिएइको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए ।

प्रकाशित : पुस ४, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?