कोरियाको सीप परीक्षणमा ६ हजार ७ सय उत्तीर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरियाको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली उत्तीर्ण भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षामा उत्तीर्ण पछि सीप परीक्षण गरिएको थियो । कोरियाको मानव संसाधन विभागले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए। जसमा १२ हजार १० जना भाषा उर्त्तीण भएका थिए। भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थी भिडियोबाट सीप परीक्षण गरी अन्तिम नतिजा प्रकाशन गरेको हो। अब अन्तिम सूचीमा परेकाबाट रोजगारदाताले छनोट गर्नेछ।


कोरियाले उत्पादन र कृषि क्षेत्रमध्ये कुनमा कति उत्तीर्ण भएको भन्ने खुलाइएको छैन। कोरियाले पहिलोपटक यसै वर्षदेखि सीप परीक्षण सुरु गरिएको हो। कोरियामा जाने कामदार अदक्ष र काम गर्न नसकेको भन्दै सीप परीक्षण गर्न थालिएको जनाएको छ। प्रकाशित : पुस ३, २०७६ १५:५८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बीओपी राखेको हैन : सरकार प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बोर्डर आउट पोस्ट (बीओपी) नराखेको बताएका छन् ।

सरकारले सीमा क्षेत्रमा बीओपी थप गर्ने निर्णयको विषयलाई लिएर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि बीओपी राखिएको बताए।

उनले भने, 'आफ्नो सीमा क्षेत्रभित्र बीओपी राख्न किन डराउनु? आफ्नो सीमानाभित्र बीओपी राख्न कसैलाई सोध्नु जरुरी पनि छैन। '

उनले अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाइनु स्वभाविक भएको बताए। यसले दुवै छिमेकी मुलुकको सीमा हुने अपराधिक गतिविधि नियन्त्रणमा सघाउ पर्याउने बताए।

प्रकाशित : पुस ३, २०७६ १५:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×