भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बीओपी राखेको हैन : सरकार प्रवक्ता

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बोर्डर आउट पोस्ट (बीओपी) नराखेको बताएका छन् ।

भारतलाई युद्ध गर्न आउ भनेर सीमामा बीओपी राखेको हैन : सरकार प्रवक्ता

सरकारले सीमा क्षेत्रमा बीओपी थप गर्ने निर्णयको विषयलाई लिएर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सीमामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि बीओपी राखिएको बताए ।

उनले भने, 'आफ्नो सीमा क्षेत्रभित्र बीओपी राख्न किन डराउनु ? आफ्नो सीमानाभित्र बीओपी राख्न कसैलाई सोध्नु जरुरी पनि छैन । '

उनले अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाइनु स्वभाविक भएको बताए । यसले दुवै छिमेकी मुलुकको सीमा हुने अपराधिक गतिविधि नियन्त्रणमा सघाउ पर्याउने बताए ।

प्रकाशित : पुस ३, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?