कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सागमा पदक जित्ने इलामका ५ खेलाडीलाई सम्मान

नमिता दाहाल

काठमाडौँ — इलाम विकास समाजले १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा इलामबाट प्रतिनिधित्व गर्दै ५ पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । प्रज्ञा प्रतिष्ठानमा मंगलबार भएको कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले खेलाडीहरुलाई सम्मान गरेका हुन । 

सागमा इलामबाट फुटबलमा छिरिङ गुरुङ, उसुमा जुनी राई, महिला फुटबलमा अञ्जिला सुब्बा, बीच भलिबलमा विनिता बुढाथोकी, बास्केटबलमा बिजय बुर्जा सहभागि भएर पदक जितेका थिए ।


गुरुङले पुरुष फुटबलमा स्वर्ण, राईले उसुमा स्वर्ण, सुब्बाले महिला फुटबलमा रजत, बुढाथोकीले बीच भलिबलमा कांस्य, बुर्जाले बास्केटबलमा कांस्य पदक जितेका थिए ।


कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई २५ हजार रजत विजेतालाई २० हजार, कास्य विजेतालाई १५ हजार रुपैयाँसाथ सम्मान पत्रले सम्मान गरिएको थियो ।


नेम्वाङले खेलाडीहरुले सागमा देशको शिर ठाडो बनाइदिएको बताए । सागमा नेपाली खेलाडीको प्रस्तुती देखेर आफु खुसी भएको उनको भनाई थियो । सरकारले खेलमा ध्यान दिएमा नेपाली खेलकुदको स्तर अझै सुध्रिने नेम्वाङको भनाई छ ।


फुटबल खेलाडी छिरिङले सम्मानले खेलमा झन उत्प्रेरणा थप्ने बताए ।


उसु खेलाडी जुनीले राष्टको लागि पदक जित्न पाउँदा खुसी लागेको बताइन ।

प्रकाशित : पुस १, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?