नाष्टले राष्ट्रिय भवन अनुसन्धान केन्द्र स्थापना गर्ने

गोविन्द पोखरेल

काठमाडौँ — भवन, आवास तथा बस्ती विकासको अनुसन्धान गर्ने हेतुले नेपालमा पनि राष्ट्रिय भवन अनुसन्धान केन्द्रको स्थापना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नाष्ट)को अगुवाईमा अनुसन्धान केन्द्र स्थापनाको थालनी गरिएको हो ।

नाष्टले राष्ट्रिय भवन अनुसन्धान केन्द्र स्थापना गर्ने

नाष्टको ४३ औँ प्राज्ञ सभाले अनुसन्धान केन्द्र स्थापनाका लागि सैद्धान्तिक सहमति दिएसँगै नाष्टले केन्द्र स्थापनाका लागि कार्यविधि बनाउने काम पनि सुरु गरेको छ ।


अनुसन्धान केन्द्रले भवन निर्माण प्रयोग हुने सामग्री, प्रविधि लगायत भूगोल अनुसार चाहिने बस्तीको बारेमा परिकल्पना तयार गर्ने नाष्टका उपकूलपति डा. सुनिलबाबु श्रेष्ठले बताए । उनका अनुसार अनुसन्धान केन्द्रले हिमाल,पहाड र तराईमा कस्तो किसिमको बस्ती चाहिने, छरिएको बस्तीलाई कसरी एकीकृत गर्न सकिने, माटो परीक्षण लगायत भौतिक संरचनामा निर्माण गर्दा प्रयोग हुने उपयुक्त सामाग्रीको बारेमा अनुसन्धान हुनेछ ।


मुलुकका धेरैजसो क्षेत्रमा एकै किसिमको भौतिक संरचना निर्माण हुने गरेको छ । केन्द्रले आवास तथा भौतिक मूल्य प्रभावकारी हुने खालको संरचना निर्माणका लागि सहयोग गर्नुका साथै विभिन्न डिजाइनका संरचनाका लागि विकल्प तथा परामर्शको रुपमा काम गर्ने उपकुलपति श्रेष्ठको भनाइ छ ।


अनुसन्धान केन्द्र भवन विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भवन निर्माणसंग सम्बन्धित पेसागत संगठन तथा अन्य संस्थाहरुसँगको सहकार्यमा सञ्चालन गर्ने गरी मोडालिटी तय गरिने नाष्टले जनाएको छ । केन्द्रले मूल्य प्रभावकारी भवन निर्माणमा समेत जोड दिनेछ ।


उपकुलपति श्रेष्ठका अनुसार अनुसन्धान केन्द्रले गरेको अनुसन्धान सहरी विकास मन्त्रालय,भवन विभाग, पुनर्निर्माण प्राधिकारण जस्ता संस्थाहरुलाई कुन ठाउँमा कस्तो भवन बनाउने भन्ने विकल्प अनुसन्धानको आधारमा मोडल तय गर्न मद्दत गर्नेछ । यस्तै,केन्द्रले चिसो क्षेत्रमा चाहिने भवन, ऊर्जा कम खपत हुने भवन निर्माण जस्ता कार्यहरुको अनुसन्धान गर्नेछ । कार्यविधि निर्माणमा पेसागत संघसंस्थाहरुको पनि प्रतिनिधित्व हुने नाष्टले उल्लेख गरेको छ । यसलाई स्वयत्त तरिकाले सञ्चालन गर्ने नाष्टको तयारी छ ।


भवन निर्माणका लागि आवश्यक पर्ने उपयुक्त सामानहरु, निर्माण सामाग्रीको अनुसन्धान गरेर सिफारिस गर्ने काम लगायतका कार्यहरु हुनेछन् । केन्द्रले बस्ती विकासमा सहयोग गर्ने र प्रयोगविहीन जमिनको सदुपयोग गर्ने सम्बन्धि अनुसन्धान गर्नेछ । अनुसन्धान केन्द्रबाट आएका निचोड तथा निष्कर्शलाई व्यवहारमा उतार्नका लागि निजी क्षेत्रले भूमिका खेल्न सक्ने नाष्टले बताएको छ ।


अनुसन्धान केन्द्रले प्रविधि हस्तान्तरणको पनि लक्ष्य लिएको उपकुलपति श्रेष्ठले बताए । उनका अनुसार भौगोलिक अवस्था अनुसार कुन क्षेत्रमा कस्तो किसिमको संरचना निर्माण गर्दा उपयुक्त हुने जस्ता विषयमा पनि केन्द्रले अनुसन्धान गर्ने लक्ष्य रहेको छ । अन्य मुलुकहरुमा यस किसिमका अनुसन्धान केन्द्रहरु हुन्छन् ।

यो पनि पढ्नुहोस्ः

नेपालमा पनि ‘माइक्रोबियल कल्चर कलेक्सन सेन्टर’ खोल्ने तयारी

प्रकाशित : पुस १, २०७६ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?