१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोर्ब्सकाे नजरमा नेपाल १ नम्बरकाे घुम्नलायक देश

काठमाडौँ — नेपाल सन् २०२० का लागि विश्वको घुम्नलायक उत्कृष्ट १० देशको पहिलो नम्बरमा परेको छ । चर्चित अमेरिकी पत्रिका फाेर्ब्सले नेपाललाई सन् २०२० र आउने  दशकसम्मका लागि पर्यटकहरुका लागि घुम्नलायक उत्कृ्ष्ट देशभित्र राखेको हो ।

फोर्ब्सकाे नजरमा नेपाल १ नम्बरकाे घुम्नलायक देश

पत्रिकाले एमाजोन जंगलदेखि सगरमाथालाई समेटेको हो ।

पत्रिकाले संसारकै सबैभन्दा साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्यख्या गरेको छ



पत्रिकाले चितवनमा अवस्थित टाइगर टप्स रिसोर्टको थारु लज, हात्तीमा गरिने जंगल सफारी, बाघ तथा सूर्यअस्ताएको मनाेरम दृश्यहरु देख्न सकिने कुरालाई प्राथमिकतामा राखेको छ ।


यस्तै राजधानीमा अवस्थित द्वारिका होटललाई 'जिँउदो संग्राहलय'को रुपमा व्यख्या गरेको छ ।

मानिसहरुलाई आकर्षित गर्ने धेरै ठाउँहरु अझै चर्चामा नआएको उल्लेख गर्दै पत्रिकाले पर्यटकहरुलाई नेपालका त्यस्ता ठाउँहरुमा भ्रमण गर्न आग्रह गरेको छ ।


यस्तै, नेपालको हिमाली क्षेत्रको पदयात्रा पनि रोमाञ्चक हुने पत्रिकाले वर्णन गरेको छ । सो पत्रिकाले सगरमाथा बेस क्याम्पको यात्राको समेत वर्णन गरेको छ ।


यस्तै विश्व आर्थिक मञ्चले भ्रमणका लागि नेपाल विश्वको १५ औँ सस्तो मुलुक भएको उल्लेख गरेको छ ।

गत अगस्टमा सीएनएनले घान्द्रुकलाई एसियाको १३ औँ फोटोजेनिक सहरको

रुपमा सूचीकृत गरेको थियो ।

लन्ली प्लानेटले सन् २०१९ मा काठमाडौं विश्वको उत्कृष्ट घुम्न लायक सहरको रुपमा राखेको थियो ।


फोर्ब्सको अन्य घुम्न लायक मुलुकको सूचीमा इक्वेडर, न्यूज्यालेन्ड, पेरु, आलस्का, ब्राजिल, मोरोक्को, चीन, फिनल्यान्ड र केन्या छन् ।

प्रकाशित : पुस १, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?