सिन्धुपाल्चोक बस दुर्घटना : छानबिन गर्न समिति

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सिन्धुपाल्चोकमा भएको दुर्घटनाको छानबिन गर्न सात सदस्सीय समिति गठन गरेको छ । मन्त्रालय मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यलयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी सघंका प्रतिनिधि छन् । समितिले सवारी दुर्घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने यातायात मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


मन्त्रालयले विगतमा भएका सवारी दुर्घटनाको अध्ययन गरी दुर्घटना हुनुका कारण, न्यूनिकरणका उपायसम्बन्धि नीतिगत एवम् संरचनागत सुधारसहितको प्रतिवेदन पेस गर्न अर्को समिति समेत गठन गरेको जनाएको छ । समितिमा को छन् भन्नेबारे खुलाइएको छैन ।


प्रकाशित : मंसिर ३०, २०७६ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?