१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पौडेल पक्षले बहिस्कार गरेपछि कांग्रेस बैठक स्थगित

काठमाडौँ — नेता रामचन्द्र पौडेल पक्ष नआएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक पार्टीभित्र देखिएको विवाद समाधानउन्मुख देखिएकाले बुधबारसम्म स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पौडेल पक्षले बहिस्कार गरेपछि कांग्रेस बैठक स्थगित

‘पार्टीभित्रको विवाद समाधानका लागि भएका छलफल सकारात्मक देखिएका छन् । ठोस सहमति जुटाउन नेताहरुलाई समय दिन बुधबार दिउँसो १ बजेसम्म केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ,’ प्रवक्ता शर्माले भने ।

पौडेलपक्षले १४ औं महाधिवेशनको कार्यतालिका नल्याएको, सहमति वेगर पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ पुर्‍याउने प्रस्ताव गर्न लागेको, भातृसस्था नेविसंघ र तरुण दलका महाधिवेशन आयोजक समिति बनाउने सहमति नखोजेको भन्दै बैठक बहिस्कार गर्दै आएको छ ।

यसअघि पौडेल पक्षले बिहीबार र आइतबारको बैठक बहिस्कार गरेको थियो ।

पौडेल पक्ष भने आफ्नो समूहको रणनीति तय गर्न अहिले नेता पौडेल निवास बोहोराटारमा छलफल गरिरहेको छ ।

प्रकाशित : मंसिर ३०, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?