१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ

रमेशकुमार पौडेल

चितवन — युवतीहरुलाई जबर्जस्ती यौन कार्यमा संलग्न गराएको अरोपमा चितवन प्रहरीले होटल सञ्चालकसहित तीनजनालाई समाएको छ । काठमाडौंबाट हराएका दुईजना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेका थिए । काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरु चितवनमा फेला परेका हुन् ।

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ

‘उनीहरुको खोजी कार्य चितवन प्रहरीले पनि गरेको थियो । मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको एउटा होटलमा बसेको फेला पर्‍यो । होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्दार गरेको हो’ चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दानबहादुर मल्लले भने ।


ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती यौन कार्यमा संलग्न गराउने गरेको पत्ता लागेको एसपी मल्लले बताए । प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई समाएको छ । त्यसैगरी सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि समाएको छ ।


‘रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएको खुलेको छ’ एसपी मल्लले भने । उनीहरु शनिबार समातिएका हुन् । जुगेडीको उक्त होटलमा यौन गतिविधि हुने भूमिगत कोठा पनि रहेको मल्लले बताए । पिडित युवतीका आफन्तले पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार अपराधमा सजाय माग गर्दै उजुरी दिएको एसपी मल्लले जानकारी दिए । अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजारदेखि एक लाख रुपैयाँसम्म कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : मंसिर ३०, २०७६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?