कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अनुसन्धानसँग सम्बन्धित विधेयकमाथि कांग्रेसले दर्ता गर्‍यो विरोधको सूचना

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभामा पेस गरेको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विरोधको सूचना दर्ता गरेको छ । कांग्रेस सांसद प्रकाश पन्थले सोमबार अनुसन्धान विभागसँग सम्बन्धित सो विधेयकमाथि विरोधको सूचना दर्ता गरेका हुन । 

अनुसन्धानसँग सम्बन्धित विधेयकमाथि कांग्रेसले दर्ता गर्‍यो विरोधको सूचना

संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्नेगरी राखिएको प्रावधान संविधान प्रतिकूल भएकाले प्रस्तुत गर्न अनुमति माग्ने विरुद्ध सूचना दर्ता गरेको पन्थले उल्लेख गरेका छन् ।

सूचना राष्ट्रियसभामा सोमबार पहिलो नम्बरमा दर्ता भएको छ ।

कांग्रेसले सो विधेयक संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हक प्रतिकूल भएको भन्दै फिर्ता लिन माग गरिसकेको छ ।

कांग्रेस मुख्यसचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै विधेयक फिर्ता लिन माग गरेका हुन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?