दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन्।

दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

प्रधानमन्त्री ओलीले सोमबार ट्विट गर्दै भनेका छन्, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।”


प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको आइतबार राति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।


दुवै कलाकारको आजै पशुपति आर्यघाटमा अन्तिम स‌ंस्कार गरिदैछ ।

प्रकाशित : मंसिर ३०, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?