अनुसन्धान विभागसँग सम्बन्धित विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संघीय संसद्‌मा दर्ता गराएको ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ स्वीकार्य नहुन बताएको छ । सरकारले अनुसन्धान विभागसँग सम्बन्धित विधेयक संघीय संसदको राष्ट्रियसभामा दर्ता गराएपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।

अनुसन्धान विभागसँग सम्बन्धित विधेयक फिर्ता लिन कांग्रेसको माग

विधेयकमा संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनियता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्नेगरी राखिएको प्रावधान संविधान प्रतिकूल भएकाले स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।


कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सोमबार विज्ञप्ति जारी गर्दै संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनियताको हक लगायतको मौलिक हक प्रतिकूल भएको विधेयक फिर्ता गर्न माग गरेका छन् ।


उनले विज्ञप्तिमा नागरिकका स्वतन्त्रता र हितविपरीत हुने विधेयकहरु प्रस्तुत नगर्न सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित : मंसिर ३०, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?