१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजपाको तदर्थ समिति गठन गर्ने म्याद २० दिन थप

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले ५ तहका तदर्थ समिति गठन गर्ने म्याद २० दिन थप गरेको छ । अध्यक्ष मण्डलको आइतबार बसेको बैठकले वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला तदर्थ समिति गठन गर्ने म्याद १५ पुससम्म थप्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले जानकारी दिए ।

राजपाको तदर्थ समिति गठन गर्ने म्याद २० दिन थप

यसअघि तदर्थ समिति गठन गर्ने म्याद २५ मंसिरसम्म तोकिएको थियो ।


त्यस्तै बैठकले ३० मंसिरका लागि बाेलाइएकाे केन्द्रीय पर्यवेक्षकहरुको बैठक अर्को सूचना जारी नभएसम्मलाई स्थगित गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित : मंसिर २९, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?