२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सीएमसीका विद्यार्थीले भने- ‘कलेज प्रशासनले षड्‍यन्त्र गर्दैछ’ 

रमेशकुमार पौडेल

चितवन — एमबीबीएस र बीडीएससहित अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्ने चितवन मेडिकल कलेज (सीएमसी) प्रशासनको सूचनालाई आन्दोलनरत विद्यार्थीहरुले षडयन्त्रको संज्ञा दिएका छन् । उनीहरुले आइतबार विज्ञप्ति निकाल्दै शुल्क समायोजनका नाममा आएको सूचनामा षडयन्त्र लुकेको बताएका हुन् ।

सीएमसीका विद्यार्थीले भने- ‘कलेज प्रशासनले षड्‍यन्त्र गर्दैछ’ 

‘शुल्क समायोजनका नाममा आएको सूचना षड्यन्त्र हो । त्यस सूचनाप्रति हामी विद्यार्थी र चिकित्सा शिक्षा संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ । चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेजका विद्यार्थीको तर्फबाट संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले संयुक्त जारी गरेको ६ बुँदे विज्ञप्तीमा एमबीबीएसको हकमा अतिरिक्त लिएको ६ लाख रुपैयाँमा नियमानुसार लिन पाउने ६ हजार कटाएर ५ लाख ९४ हजार रुपैयाँ समायोजन गर्नुपर्ने माग गरिएको छ ।

विज्ञप्तिमा बीडीएसका विद्यार्थीसँग बढी लिएको १ लाख १९ हजार रुपैयाँ समायोजन गर्नुपर्ने माग गरिएको छ । कलेजमा संचालित स्नातक तहको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका अन्य कार्यक्रमहरु बीएनएस र बीएस्सी नर्सिङ, पब्लिक हेल्थ, बी-फार्मेसी, बीएमएलटी, बीएमआईटीको शुल्क त्रिवि वा आईओएमले आंगिक कलेजका लागि तोकेको शुल्क सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले लागू गर्नुपर्ने माग विद्यार्थीको छ ।


छात्रवृत्तिमा पढ्न आएका विद्यार्थीसँग लिएको १ देखि ३ लाख रुपैयाँसम्म अतिरिक्त फिर्ता गर्नुपर्ने माग पनि विद्यार्थीको छ ।


विद्यार्थीले परीक्षा शुल्कका लागि त्रिभुवन विश्वविद्यालयले तोकेकोभन्दा बढि लिएको २ हजार ५ सय फिर्ता गर्दै आगामी दिनमा बढी शुल्क नलिने प्रतिबद्धता कलेजले जनाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित : मंसिर २९, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?