२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो

अनिश तिवारी

सिन्धुपाल्चोक — दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो

मृत्यु हुनेहरुमा जुगल गाउँपालिका–७ की ३७ वर्षीया सविना तामाङ, २८ वर्षीय शुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाका ३६ वर्षीया लक्ष्मी श्रेष्ठ छन् । रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षिया महेश तामाङ , काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–५ का ४५ वर्षीय रामशरण खत्रीसहित उनकै श्रीमती ३५ वर्षीया मैया खत्री छन् । लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका–७ की ३० वर्षीया रेश्मा तामाङसहित उनकै १५ महिने छोरी रोशनी तामाङ छन् । त्यसैगरी बलेफी गाउँपालिका–७ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र शैलुंगेश्वर गाउँपालिका–६ का १० वर्षीय रञ्जित बस्नेत रहेका छन् ।

रामेछाप सुनपाती–६ की जुनमाया तामाङ र दोलखा शैलुङ गाउँपालिका– ६ की ३२ वर्षीया चिनु बस्नेतको पनि सनाखत भएको छ ।


‘१४ जनाबाहेक अन्दाजी २२ /२४ वर्षकी एक महिलाको भने अझै पहिचान खुलेको छैन्, आफन्त परिवार कोही आएका छैनन्,’ स्थलगत अनुसन्धानमा पुगेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भने । पहिचान नभएको शव फरार यात्रुबस चालकको श्रीमतीको हुनसक्ने अनुमान गरिएको छ ।


त्यसैगरी राजधानीस्थित केएमसी अस्पतालमा उपचारको क्रममा दोलखाको सिनु लामाको मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरी उपरीक्षक प्रज्ज्वल मर्हजनले जानकारी दिए ।

याे पनि :

सिन्धुपाल्चोक बस दुर्घटना

प्रकाशित : मंसिर २९, २०७६ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?