३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो

मकर श्रेष्ठ

काठमाडौँ — दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि काठमाडौं ल्याइएको छ । १४ जना घाइतेलाई उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको हो । लामोसाँघु जिरी सडकखण्डअर्न्तगत आइतबार बिहान सुनकोसी गाउँपालिका ७ स्वारामा बस खस्दा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो भने एक बालकसहित २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो
घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो

भक्तपुर च्यामासिंह, आदर्शबाट बस रिजर्भ गरेर कालिञ्चोक घुमेर फर्किएका काभ्रे, दोलखा र सिन्धुपाल्चोक जलविरे, जुगलको याङ्लाकोटका यात्रु शनिबार बेलुकी लिसंखुको मुडेमा बसेका थिए। आइतबार बिहानै मुडेबाट हिँडेको बस एक्कासी मोडिएर खसेको थियो। कच्ची र निर्माणाधीन लामोसाँघु जिरी सडकमा ओभरटेक गर्ने क्रममा बस सडकबाट मोडिएर खसेको प्रहरी भनाइ छ । घाइते मध्ये केहीले आफन्त समेत गुमाएका छन् । घाइते गंगा तामाङको श्रीमान शुक्र तामाङको घटनास्थलमै निधन भएको थियो । उनकी दुई वर्षीया छोरी आयुषाको पनि ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो

घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो

घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो

प्रकाशित : मंसिर २९, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?