१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्थायी कमिटी बैठकमा दाहालले पेस गरे राजनीतिक प्रतिवेदन

बबिता शर्मा

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबारबाट सुरु बैठकमा दाहालले ११ पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । 

स्थायी कमिटी बैठकमा दाहालले पेस गरे राजनीतिक प्रतिवेदन

प्रतिवेदनमाथि सोमबार नेताहरुले धारणा राख्ने तय भएको छ । दाहालकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति, सरकारको समिक्षा, उपचुनावको समिक्षा, पार्टीका आगामी कार्ययोजनालगायत विषय समेटिएका छन् ।

दाहालले ७ ओटा छुट्टाछुट्टै शीर्षक राखेर बनाएको प्रतिवेदन पेस भएपछि बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर २९, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?