कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बस दुर्घटना : १४ मृतकमध्ये ४ जनाको सनाखत 

अनिश तिवारी

सिन्धुपाल्चोक — दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनाका १४ मृतकमध्ये ४ जनाको सनाखत भएको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार जुगल गाउँपालिका ७ पेपटार ३७ वर्षीया सविना तामाङ, २८ वर्षीय शुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाको ३६ वर्षिया जुनमाई तामाङको नाम खुलेको हो ।

बस दुर्घटना : १४ मृतकमध्ये ४ जनाको सनाखत 

‘अन्यको भने आफन्त नआइसकेकाले सनाखत भइसकेको छैन, ’ उनले भने । उनकाअनुसार मृतकमा ३ बालकसहित अन्य पुरुष र महिला ११ जना छन् ।


१८ घाइतेलाई काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ । सिन्धु सदाबहार हस्पिटलका डाक्टर राजकुमार दंगालले २ सख्त घाइतेलाई काभ्रेको धुलिखेल र काठमाडौंको ह्ययान्स लगायत अस्पतालमा रिफर गरिएको बताए । अधिकाशंको टाउको र हातमा चोट छ ।


लामोसाँघु जिरी सडकखण्डअर्न्तगत आइतबार बिहान सुनकोसी गाउँपालिका ७ स्वाराको ६ किलोबाट ५ किलोको सडकमै बस खस्दा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो । एक बालकसहित एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।


झण्डै सय मिटर तल खसेको क्षतिग्रस्त यात्रुबसमा ३२ जना यात्रु रहेका प्रनि न्यौपानेले प्रस्ट्याए । ‘कुन अस्पतालमा कति बिरामी लगिएको छ भन्नेबारे यकिन तंथ्याक आइसकेको छैन्, बुझ्दैछौं,’ उनले भने ।

भक्तपुर च्यामासिंह, आदर्शबाट बस रिजर्भ गरेर कालिञ्चोक घुमेर फर्किएका काभ्रे, दोलखा र सिन्धुपाल्चोक जलविरे, जुगलको याङ्लाकोटका यात्रु शनिबार बेलुकी लिसंखुको मुडेमा बसेका थिए ।


आइतबार बिहानै मुडेबाट हिँडेको बस एक्कासी मोडिएर खसेको थियो । कच्ची र निर्माणाधीन लामोसाँघु जिरी सडकमा ओभरटेक गर्ने क्रममा बस सडकबाट मोडिएर खसेको प्रहरी भनाइ छ ।

यो पनि



प्रकाशित : मंसिर २९, २०७६ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?