कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी 

काठमाडौँ — सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकले आइतबार दिउँसो बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने एजेण्डा तय गर्नेछ । 

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी 

स्थायी कमिटी बैठक एक वर्षपछि आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । मंसिर ४ को निर्णयले पार्टी सञ्चालनको कार्यकारी भूमिका दिएपछि अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक एवं सांगठनिक प्रतिवेदन पहिला सचिवालयमा बैठकमा र स्थायी कमिटी बैठकमा पेस गर्दैछन् ।


विधान संशोधन, पोलिटब्युरो गठन, सरकारको समीक्षा लगायत सातै प्रदेशमा अभियान सञ्चालनको प्रस्तावसहित राजनीतिक एवं सांगठनिक प्रतिवेदन दाहालले तयार पारेका छन् । दाहालले प्रतिवेदन बैठकमा पेस गर्नुअघि शनिबार प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार पुगेर छलफल गरेका थिए ।


यस्तै सचिवालय बैठक बस्नुपूर्व नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।


प्रकाशित : मंसिर २९, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?