कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु [अपडेट]

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको सुनकोसी गाउँपालिका-६ मा आइतबार बिहान बस दुर्घटना भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ६ किलोबाट खसेको हो । 

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु [अपडेट]

घटनास्थलमा रहेका प्रहरीले अहिलेसम्म १२ शव भेटिएको बतायो । 'अहिलेसम्म १२ वटा शव भेटिएको छ, अरु खोजी कार्य भइरहेको छ,' घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले कान्तिपुरसँग भने । मृतकको सनाखत भएको छैन ।


दुर्घटनामा घाइते भएका १५ जनालाई काभ्रेको धुलिखेल र सिन्धुपाल्चोककै सिन्धु सदावहार अस्पताल खाडीचौर पठाइएको छ ।घटनास्थलमा स्थानीय, प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।


करिब ९ बजे बस दुर्घटना भएको हो । बस ६ किलो सडकबाट करिब ५ मिटर तल सडकमा खसेको छ ।

प्रकाशित : मंसिर २९, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?