१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

बिहेकै भोलिपल्ट दुलहीको हत्या

हरिहरसिंह राठौर

धादिङ — गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै हत्या गरेका छन् । 

मकवानपुरकी २० वर्षीया अनिशालाई बिहे गरेकै भोलिपल्ट हत्या गरी घटनाको ढाकछोप गर्न प्रयोग गरिएको शौचालयको खाल्डोमा लुकाएका थिए । खाल्डो छोप्ने ढक्कन निकै ठूलो भएकोले अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए ।


मंसिर १० गते दिउँसोसम्म नयाँ दुलही अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि उनीहरुले अर्जुनलाई सोध्दा माइतीघर गएकी भनेर टारेका थिए । छिमेकीले घटनाबारे शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँलेले नै थाहा पाएपछि घटना बारे प्रहरीलाई सूचना दिइएको सिद्धलेक ३ का अध्यक्ष देवबहादुर पुलामीले बताए ।


गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिशाका श्रीमान् अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।


प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले जनाएका छन् ।

प्रकाशित : मंसिर २८, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?