१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कलाकार दीपक क्षेत्रीको निधन

काठमाडौँ — कलाकार दीपक क्षेत्रीको डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको छ । शुक्रबार राति फिल्मको काम सकेर घर पुगेका क्षेत्री शनिबार बिहान मृत अवस्थामा फेला परेका थिए । 

कलाकार दीपक क्षेत्रीको निधन

मृतक क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ । क्षेत्रीकी पत्नि विपना बस्नेत मलेसियामा भएको कारण उनको अन्त्येष्टि आइतबार मात्रै हुने परिवारिक स्रोतले जनाएको छ ।

फिल्म ‘विश्वास’ मार्फत् २०४३ सालदेखि अभिनय यात्रामा होमिएका कलाकार क्षेत्रीले त्यसपछि ‘दिदी’, ‘पृथ्वी’, ‘सिमाना’, ‘शंकर’, ‘अंशबन्डा’, ‘झोला’, ‘बुलबुल’ देखि पछिल्लो पटक ‘बादशाह जुट’ मा कलाकारका रुपमा देखिएका थिए ।

घाँटीमा मासु पलाउने समस्याका कारण लामो समय थलिएका ५८ वर्षीय क्षेत्री भारतको दार्जिलिङमा जन्मेका हुन् ।

प्रकाशित : मंसिर २८, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?