कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँस काट्ने विषयमा विवाद हुँदा हत्या

बुटवल — घाँस काट्ने विषयमा विवाद हुँदा रुपन्देहीमा एक महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका १० कान्छीबजारकी ५५ वर्षीया कमलादेवी परियारको हत्या भएको हो ।

घाँस काट्ने विषयमा विवाद हुँदा हत्या

हत्याको अभियोगमा स्थानीय २७ वर्षीय विकास गुरुङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।


घाँस किन काटेको भन्ने विवाद बढेपछि प्लटिङ गरेको जमिनमा घाँस काट्दै गरेकी उनलाई गुरुङले धारिलो हतियार प्रयोग गरेका थिए । घाँटीमा गम्भीर चोट लागेकाले कमलादेवी उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।


प्रकाशित : मंसिर २८, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?