कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा बमकाण्ड : टोल घेरा हालेर प्रहरीले नियन्त्रणमा लियो आरोपी

श्यामसुन्दर शशि

जनकपुर — शुक्रवार राती धनुषाको क्षीरेश्वर नगरपालिका–५ कुसाई टोलमा भएको बमकाण्डका संलग्न भएको आरोपमा प्रहरीले टोल घेरा हालेर दुई महिलालाई पक्राउ गरेको छ । बम राखेको आशंकामा हंसपुर नगरपालिका–२ बघचौडाको सिंगै टोल घेरा हालेर प्रहरीले २ महिलालाई पक्रेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

धनुषा बमकाण्ड : टोल घेरा हालेर प्रहरीले नियन्त्रणमा लियो आरोपी

बम विस्फोटमा परि घरधनि ४५ वर्षीय राजेश साह, उनका छोरा १५ वर्षीय आनन्द र प्रहरी निरीक्षक अमिरकुमार दाहाल गरी ३ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।


राजेशको घरमा विस्फोटक पदार्थ राखेको आरोपमा हंसपुर नगरपालिका–२ बघचौडाकी ललिता देवी महरा र सीता देवी महरा लाई नियन्त्रणमा लिएकाे हो ।

त्यस्तै विस्फोट गराएको आरोपमा मिथिला विहारी नगरपालिका–१ भुतही पटेर्वाका रामसोभित दाहाललाई नियन्त्रणमा लिएकाे प्रहरी निरीक्षक अवधेस कुमार यादवले जानकारी दिए ।

घटना कसरी घट्यो भन्ने अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक उमाशंकर साहको संयोजकत्वमा ७ सदस्यीय छानवीन समिति बनाएको छ ।


बघचौडामा ठुलो संख्यामा आएका सुरक्षाकर्मीहरुले शनिवार मध्यान्ह ललिता र सीता बस्ने सिंगै टोललाई घेराबन्दी गरेका थिए । शंकास्पद व्यक्तिहरु भाग्न सक्ने आशंकामा टोल घेरा हाली नियन्त्रणमा लिइएको निरीक्षक यादवले जानकारी दिए ।

विस्फोटमा राजेशका पिता ७० वर्षीय भिखारी, छोरी १९ वर्षीया निकी कुमारी, कान्छो छोरा १२ वर्षीय प्रकाश तथा प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए ।

प्रकाशित : मंसिर २८, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?