१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपसचिव धमलालाई संसदको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार

काठमाडौँ — संघीय संसद सचिवालयको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सूचना अधिकृतसमेत रहेका उपसचिव दशरथ धमलाले प्राप्त गरेका छन् ।

उपसचिव धमलालाई संसदको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार

संसद सेवा दिवसको अवसरमा नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा शनिबार आयोजित विशेष कार्यक्रममा १ लाख रुपैयाँ नगद राशिको पुरस्कार धमलालाई प्रदान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त पुरस्कार धमलालाई हस्तान्तरण गरेका हुन् ।

७५ हजार रुपैयाँको उत्कृष्ट कर्मचारी पुरस्कार रेणुका सुवेदीले प्राप्त गरेकी छन् ।

संसद सेवा पुरस्कार भने संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीद्वय जंगबहादुर मगर र गम्भीरमान सिंहले प्राप्त गरेका थिए । यो पुरस्कार जनही ५० हजार रुपैयाँ राशिको छ ।

संसदको वृहद सेवा पदक भने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत ३७ जनाले प्राप्त गरेका छन् । संसद सेवामा ३० वर्ष काम गरेका कर्मचारीलाई उक्त पदक प्रदान गरिन्छ ।

हरेक वर्ष संसद सेवामा उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरिन्छ । कार्यसम्पादन मूल्यांकनका आधारमा कर्मचारीलाई पुरस्कृत गरिन्छ । सचिवालय संचालन तथा व्यवस्थापन समितिले पुरस्कृत हुने कर्मचारीको नामलाई अन्तिम रुप दिन्छन् ।

संसद सेवा दिवसका अवसरमा संचालन गरिएका विविध क्रियाकलापका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित : मंसिर २८, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?