कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खेलाडीलाई  सरकारले रोजगारीको व्यवस्था गर्नुपर्छ : सिंह

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्ने बताएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकको सम्मानमा आयोजित कार्यक्रममा नेता सिंहले खेलाडीलाई जीवनयापनका लागि सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्ने बताएका हुन् ।

खेलाडीलाई  सरकारले रोजगारीको व्यवस्था गर्नुपर्छ : सिंह

'अन्य मुलुकमा खेलाडीलाई प्रोत्साहन गर्नका लागि रोजगारीको व्यवस्थागरिन्छ हामीले पनि त्यतातर्फ सोच्नुपर्छ', सिंहले भने ।

खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्नसकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने सिहके भनाई छ । सिंहलेसरकारलाई त्यसका लागि योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिए ।

सरकारले खेलाडीको मनोबल उच्च बनाउन गरेका प्रयत्न राम्रा भए पनियथेष्ट नभएका सिंहको भनाइ थियो ।

कराँते महासंघ ललितपुरले शनिबार सागमा पदक विजेता खेलाडी तथाप्रशिक्षकहरूलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

प्रकाशित : मंसिर २८, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?