सरकारले आफ्ना कमजोरी सुधार्न सकेन : नेता नेपाल

देवनारायण साह

मोरङ — नेकपा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आफ्ना कमजोरी तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिराटनगरमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले सरकारको काम गराईमा कजमोरी देखिएर जनताले चर्को आलोचना गरिरहेको बताए ।

सरकारले आफ्ना कमजोरी सुधार्न सकेन : नेता नेपाल

‘जनताले काम गरेर सुध्रने मौका दिएका छन् । तर जनभावना अनुसार सरकारले काम गर्न अझै पनि सकिरहेको छैन्,’ नेता नेपालले भने, ‘तसर्थ अवको टटकारो आवश्यकता कमि कमजोरी सुधारेर जनभावना अनुरुपको काम गर्नु हो ।’


नेपालले जनताले आफ्ना असन्तुष्टि उपनिर्वाचनमा प्रकट गरेको बताए । ‘उपनिर्वाचनमा धरानलगायतका जितेको ठाउँमा पार्टीले गुमायो । त्यसले खतराको घण्टी बजाएको छ,’ नेपालले भने, ‘जनताले मतमार्फत सचेत गराइसकेकोले समस्या केलाएर समाधान हुने गरी सरकारले काम अघि बढाउनु पर्छ ।’


सरकारले जनताको कुरा सुन्नु पर्ने नेपालको भनाई थियो । जनताले भने अनुसारको विकास, सुशासन, नीति, नियमको क्षेत्रमा सुधार गरेर अघि बढनुपर्ने आवश्यकता रहेको उनले बताए ।


सीमा विवादको विषयमा दुत पठाउने विषयमा सरकारले कुनै निर्णय र पत्राचार गरेको आफूलाई जानकारी नभएको नेपालले बताए ।


लिपुलेकलगायतका सीमा विवाद भएका ठाउँमा नेपालसँग थुप्रै तथ्य र प्रमाणहरु रहेकोले त्यसकै आधारमा भारत सरकारसँग बार्ता गर्नु आवश्यक रहेको नेपालको भनाई छ ।

प्रकाशित : मंसिर २८, २०७६ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?