२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

सन्तोष सिंह

(धनुषा) — जिल्लाको महेन्द्रनगरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

बम विस्फोट अनुसन्धान गर्न प्रहरीले बनायो टोली, घटनामा संलग्न भएको आशंकामा ३ पक्राउ

शुक्रबार मध्यराति ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ महिला र १ पुरुषलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ ।


महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय राजेश साह र उनका छोरा २४ वर्षीय आनन्दको मृत्यु भएको थियो ।

प्रकाशित : मंसिर २८, २०७६ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?