१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘संसद्‌मा यौन हिंसा भएको छैन’

काठमाडौँ — गण्डकी प्रदेशसभाकी सदस्य पुष्पा केसी भण्डारीले समाजका विभिन्न क्षेत्रमा यौनहिंसाका घटना हुने गरे तापनि संसद्‌भित्र आफूले यौन दुर्व्यवहारका घटना भोग्नु नपरेको स्पष्ट पारेकी छन् । भण्डारीले मंसिर २३ गते कान्तिपुरमा छापिएको ‘संसद्‌भित्रै यौनहिंसा भयो’ शीर्षक समाचारप्रति प्रतिक्रिया जनाउँदै यस्तो धारणा राखेकी हुन् । 

आफूले यौनहिंसाका आम प्रवृत्तिबारे उल्लेख गरे तापनि संसद् र सांसद भन्ने शब्दचाहिँ कतै प्रयोग नगरेको उनको दाबी छ । ‘हामीले अनुभव गरेका छौं (समाजमा) यौनहिंसा छ । एकदम हिंसा छ । हामीसँग बोल्दाखेरी मानिसहरूले डबल मिनिङ आउने शब्दहरू बोल्छन् । हामीसँग डिफरेन्ट फिलिङ दिने गरी हात मिलाउँछन्, छुन आउँछन् । त्यसलाई कसरी ग्रहण गर्ने ?’ प्रदेशसभा सदस्य भण्डारीले मंसिर २२ गते मिडिया हाउसद्वारा पोखरामा आयोजित एक कार्यक्रममा भनेकी थिइन्, ‘हामीसँग यस्तो व्यवहार हुन्छ भने यो हिंसा होइन ? हामीले त्यस्तो फिल गर्ने तरिकाले मान्छेले डिल गर्दछ भने त्यो हिंसा होइन ?’


गण्डकी प्रदेशसभामा यौनहिंसाका घटना भएको भन्ने महिला सांसदहरूको भनाइ सार्वजनिक भएपछि व्यापक प्रतिक्रिया उत्पन्न भयो । यही सन्दर्भमा भण्डारीले समाजमा यौनहिंसा भए पनि संसद्भित्र व्यक्तिगत रूपमा आफूले त्यस्तो घटनाको सामना गर्नु नपरेको बताएकी हुन् ।


प्रकाशित : मंसिर २८, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?